मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित, छिट्टै राहत बोकेर जाने

काठमाडौं । बाढी पहिरोको निरीक्षण गर्न इलाम जाने तयारीमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्रम रद्द भएको छ ।

आज विहान उडानबाट झापाको भद्रपुर जाने कार्यक्रम रहेकोमा तत्कालका लागि स्थगित भएको गृहमन्त्रालय स्रोतले बतायो ।

अब मन्त्रीद्वय छिट्टै राहत बोकेर त्यसतर्फ जाने स्रोतको भनाई छ ।

असोज १८ र १९ गतेको वर्षाले इलाममा सबैभन्दा बढी मानवीय क्षति पुगेको छ ।

इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा