अग्नि खरेल प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गर्ने निर्णय गरेको हो।

पूर्व महान्यायाधिवक्ता रहेका खरेल संविधानसभा सदस्य तथा कानुनमन्त्रीसमेत भइसकेका छन्। उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। ०४७ सालको संविधान निर्माणमा माधवकुमार नेपालको कानुनी सल्लाहकारका रूपमा भूमिका निर्वाह गरेका खरेल नेपाल बार एशोसियसनका पूर्व महासचिव पनि हुन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा