काठमाडौं – अमेरिकामा अवैध रूपमा बसिरहेका १० नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जीआरपी–२३ विमानमा यात्रा गरेका ती नेपालीमध्ये केहीलाई अमेरिकी अदालतले निष्कासन आदेश दिएको थियो भने केहीलाई अवैध काम गर्ने क्रममा पक्राउ गरिएको थियो।
डोनाल्ड ट्रम्पको राष्ट्रपतिको कार्यकाल सुरु भएपछि, गैरकानुनी रूपमा बस्ने आप्रवासीहरू प्रति ट्रम्प प्रशासनको कडा नीति अपनाइएको छ। यसअघि २७ नेपाली अमेरिकाबाट निष्काशित भएका थिए भने ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि ३७ जना नेपाली अमेरिका छोड्न बाध्य भएका छन्।
जो बाइडेनको कार्यकालमा करीब ९ हजार नेपाली बिना भिसा अमेरिका प्रवेश गरेको अनुमान छ, जसका मध्ये २ हजार ८ जना हाल अमेरिकाको हिरासतमा छन्। अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी गरेको छ।
