एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज (शुक्रबार) बस्दैछ ।

विहान ११ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा अध्यक्षओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ । बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा