हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं – हिम रिभर पावर लिमिटेडले शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने उक्त आईपीओको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ भने बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय बासिन्दाका लागि आईपीओ निस्काइन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्कासन गर्नेछ ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्री गर्ने जनाएको छ । हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा