जंगलमा लागेको आगो निभाउने क्रममा बालकको मृत्यु

काठमाडौं –गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ। १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको हो। 

आगो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हिजोदेखि लागेको आगोका कारण दुई घर र तीन गोठ पनि पूर्णरूपमा जलेका छन् । 

पछिल्लो दुई सातादेखि गुल्मीका सामुदायिक वनमा डढेलो लागेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा