गृह मन्त्रालयले संविधान दिवसको अवसरमा मानपदवी अलङ्कार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ ।
विगत एक दशक देखी राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा युवा नितिनिर्माण, नेतृत्व विकास र सहभागीतामा “युथ इम्फ्लोइन्सर” का रुपमा क्रियाशिल दिवाकर अर्याललाई सम्माननीय राष्ट्रपतीबाट २०७९ असोज ३ गते संविधान दिवसका दिन “समाजसेवा रत्न २०७९” विभुषणद्दारा विभुषित गर्ने घोषणा गरिएको छ । यो सँगै पुर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गरिएको छ । यस्तै राष्ट्रगौरवमा स्व. जिवराज न्यौपाने आश्रित, तत्कालिन मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी र संस्कृतीविद् सत्यमोहन जोगीलाई दिइने भएको छ ।
सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ।
यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलङ्कार र पदक पाउनेको नाम घोषणा गरेको गृह मन्त्रालयले आजको गोरखापत्रमा जारी गरेको सूचनामा उल्लेख छ
विभिन्न पेशागत क्षेत्रमा रहेका व्यक्तिहरू विभिन्न पदकबाट विभूषित गर्ने घोषणा भएको छ ।
अर्यालले नेपालको प्रवर्द्धन तथा अन्तराष्ट्रीय सम्वन्ध र कुटनितिमा महत्वपुर्ण योगदान पुर्याएका छन् । ८० भन्दा बढी देशका युवासँग साक्क्षतकार गरिसकेका अर्याल नेपालका एक प्रभावकारी युवा हुन् ।
