माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ ।

आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् ।

नेकपा (एमाले) ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भने नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा