सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम  थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा