काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अनशनरत डा. गोविन्द केसीको पक्षमा उभिएका छन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २०औं पटक अनशन थालेका डा. केसीका माग राज्यले सुनुवाइ नगरेको भन्दै भट्टराईले आपत्ति जनाएका छन्।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन, ‘सार्वजनिक स्वास्थ्य, शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले २०औं पटक अनशनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो।’
कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा पनि संचालन नगर्ने किन भन्दै भट्टराईले प्रश्न उठाएका छन्।
डा.केसीले सरकारले आफूले पटक–पटक उठाएका मागमा सहमति गरेको भएपनि त्यसलाई सम्बोधन नगरेको भन्दै सोमबार साँझ ५ बजेदेखि कैलालीमा अनशन सुरु गरेका छन्। उनले चिकित्सा शिक्षा सुधारसहित सात बुँदे माग राखेर अनशन थालेका हुन्।
सार्वजनिक स्वास्थ्य/शिक्षाक्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले२०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो।त्यहाॅ विकृतिविसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन?कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन?वेलैमा सोचौं! pic.twitter.com/UzGJeD7fga
— Baburam Bhattarai (@brb1954) September 13, 2022
