काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।
अर्यालसहित ५ जनालाई महानगरले कानुनी सल्लाहकारमा राखेको छ। अर्याल भने मेयर बालेनको ‘विशेष कानुनी परामर्शदाताका’ रुपमा रहने मेयरको सचिवालयले जनाएको छ।
