प्रचण्ड : कम्युनिष्टले गर्नु पर्ने काम उहाँले गर्नु भएको छ

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी भएका छन् ।

शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका अध्यक्ष प्रचण्ड साम्पाङको वृक्षारोपण अभियानमा सहभागी भएका हुन् । सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।

वृक्षारोपण अभियानमा सहभागी भएपछि अध्यक्ष प्रचण्डले मेयर साम्पाङले कम्युनिष्टहरुले गर्नुपर्ने काम गरीरहेको बताए ।
प्रचण्डले भने, ‘मेयर हर्क साम्पाङको काम सिंगो देशले हेरिरहेको छ । उहाँले कम्युनष्टि पार्टी खास माओवादीहरुले गर्नुपर्ने काम गरीरहनु भएको छ । देशभरीका साथीहरुलाई उहाँको कामबाट सिक्न पनि अनुरोध गरे ।’

प्रचण्डले अर्को प्रसङ्गमा धरानको मेयर र उपमेयरको जोडी मिलेको पनि बताए । उपमेयर आइन्द्रविक्रम बेघा र साम्पाङ्गको जोडी मिलेको उनको भनाई छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा