आयोगले निर्वाचन व्यवस्थापनमा लैंगिक समावेशीकरणका विषयमा गर्‍यो छलफल

काठमाडौं- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचन व्यवस्थापनमा लैंगिक समावेशीकरणको विषयमा मंगलबार सरोकारवाला पक्षसँग अन्तर्क्रिया गरिरहेको छ।

विभिन्न राजनीतिक दल तथा अन्य सरोकारवाला संघ–संस्थाहरुसँग छलफल भइरहेको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै आयोग तीव्र रुपमा सरोकारवालासँग छलफल गरिरहेको छ। आइतबार सञ्चारमाध्यमका प्रतिनिधिसँग छलफल गरेको आयोगले सोमबार आचारसंहिताका विषयमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा