उपराष्ट्रपति पुनले गरे प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएको उपराष्ट्रपति पुनको शोक वक्तव्यमा उल्लेख छ ।

प्रदीप गिरी भौतिक रूपमा बिदा हुनु भए पनि उनको विचार र देशको लागि पुर्‍याउनु भएको योगदानले सधैँ बाँचिरहने बताएका उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा