प्रदीप ज्ञवाली भन्छन् : गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा एमाले छैन

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने पक्षमा एमाले नरहेको बताएका छन्। 

मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले यस्तो बताएका हुन्। 

‘राष्ट्रिय स्वभिमान, लोकतन्त्रमाथि भएको प्रहारको विरोध र ठूलो राजनीतिक परिवर्तनका साथ जनताको जीवनमा समृद्धि ल्याउने अजेण्डामा कोही सहमत हुनुहुन्छ भने स्थानीय स्तरमा गठबन्धन गर्ने सहकार्य गर्ने कुरामा खुला छौं,’ ज्ञवालीले भनेका छन्,‘तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर नेकपा एमाले निर्वाचनमा सहभागी हुँदैन।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा