एमालेद्दारा महंगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्दै

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान गर्ने भएको हो।  

एमाले काठमाडौंको अगुवाइमा १३८ वटै शाखाको सक्रियतामा यहि साउन २०, २१ र २२ गते हस्ताक्षर अभियान थाल्ने एमालेले जनाएको छ। ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकार’ भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियानमा भाग लिन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ। 

नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियुले बुधबार नेपाल आयाल निगमको कार्यालयसमेत घेराउ गरेको थियो।

पेट्रोलियम पदार्थको दुई पटकसम्म घटेर आउँदा समेत मूल्य समायोजन नगरेको भन्दै निगमको कार्यालय घेराउ गरेको थियो।

तर निगमले नेपाल आयाल निगम अझै घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन नहुने विज्ञप्ति मार्फत जानकारी गराएको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा