आज प्रि–ओपनिङ सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ ।  कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा