त्रिभुवन विमानस्थलमा आन्तरिक उडानतर्फ आयो ८ वटा बम राखिएको फोन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रीलाई बाहिर निकालेर शंकास्पद बस्तुको खोजी गरिरहेको छ ।

विमास्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए ।

त्यस लगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा