आईजी बढुवामा असन्तुष्टि जनाउँदै पोखरेल र थापाले दायर गरे रिट

काठमाडौं– सिनियर दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापाले प्रहरी महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै रिट दायरको प्रक्रिया अघि बढाएका छन्। 

उनीहरुले सोमबार सर्वोच्च अदालतमा आईजी बढुवा प्रक्रिया बदरको माग गर्दै रिट दायर गर्न लागेका हुन्।

आइतबारमात्रै सर्वोच्चले पोखरेलभन्दा १६ महिना र थापा भन्दा ९ महिना जुनियर धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

त्यसमा असन्तुष्ट रहेका उनीहरुले रिट दर्ता गर्न लागेका हुन्। यता बढुवा भएका नवनियुक्त आईजी सिंहले सोमबार बिहान गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिह्नसमेत ग्रहण गरिसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा