एमालेले गर्‍यो चार न्यायाधिशविरुद्द महाभियोग दर्ता गर्ने तयारी

काठमाडौं –  नेकपा एमालेले चार न्यायाधिशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको छ ।

सत्तारुढ गठबन्धनले आइतवार प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध विभिन्न आरोपसहित महाभियोग दर्ता गरेलगत्तै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमालेले अन्तत काउन्टरमाथि काउन्टर दिन लागेको हो ।

एमालेले प्रधानन्याधिश जबरराविरुद्धको महाभियोगको काउन्टरमा संसद विघटन बदरको फैसला सुनाउने चार न्यायाधिशमाथि महआभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

आज ११ बजे बस्ने संसदीय दलको बैठकले सो बारे निर्णय गर्ने समेत बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा आइतवार साँझ बसेको बैठकले संसद विघटनविरुद्ध फैसला सुनाउने न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा दीपककुमार कार्की, मीरा खड्का र डा. आनन्दमोहन भट्टराईलाई महाभियोग लगाउनु पर्ने धारणा राखेका थिए ।

चार न्यायाधिशको असार १८ गतेको फैसलाले अस्थिरता निम्तिएको भन्दै एमालेले उनीहरुविरुद्ध महआभियोग दर्ता गर्नुपर्ने धारणा बैठकमा राखिएको बताइएको छ ।

गत असार २८ गते चार न्यायाधिशको इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धको मुद्दालाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा