चितवन राष्ट्रिय निकुञ्जमा मृत गैडा फेला

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै काभ्रेतालछेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालु आर्थिक वर्षमा दुई चोरी-सिकारी र २२ प्राकृतिक कारणले गैंडा मरेका छन् । रासस

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा