बिजुलीको पोलबाट खसेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङ –  पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर पक्की सडक रहेको भुईमा बजारिँदा ताप्लेजुङ बिद्युत बितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बू रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बाल नरसिंह राणाले भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा पछि उनलाइ चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

सूर्यप्रकाश बीरेन्द्र चौक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएको प्रहरीले बताएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको समेत जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा