फेरी लुटियो निर्दोस महिलाको इज्जत

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना (२०७५), बैतडीकी भागिरथीको बलात्कारपछि हत्याको घटना (२०७७) र सुर्खेतबाट काम खोज्दै काठमाडौंसम्म आइपुगेकी महिलालाई नयाँ वसपार्कस्थित एक गेष्टहाउसमा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको घटना सेलाउन नपाउँदै फेरि मोरङमा अर्को घटना घटेको छ । बाटो बिराएकी एक महिलामाथि तीनजनाले सामूहिक बलात्कार गरेर उनलाई गम्भीर अवस्थामा पुर्‍याएको घटनाले सबैको मथिंगल हल्लाएको छ ।

खोटाङबाट दुई छोरीहरु लिएर सुन्दर भविष्य खोज्दै सहर आइपुगेकी ३० वर्षीया महिलालाई यौन पिपासुहरुले अपहरण शैलीमा होटलमा लगेर बलात्कार गरेको र उनको संवेदनशील अंगमै हात छिराएर क्षतविक्षत बनाइएको गम्भीर अवस्थामा उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भरइरहेको छ ।

उनी गत असोजमा श्रीमान्सहित खोटाङबाट मोरङको बेलबारी बसाइँ सरेकी थिइन् । बहिनीको घरमा ४ वर्षीया र १७ महिने छोरी छोडेर शुक्रबारदेखि नै इटहरीको एउटा घरमा काममा लागेकी ती महिला शुक्रबार राति नै यौन पिपासुको चंगुलमा परेकी हुन् । दिनभरी काम गरेर घर फर्किनेबेलामा बाटो बिराउँदा गछिया भन्ने ठाउँबाट उनी अपहरणमा परेकी थिइन् ।

प्रहरीका अनुसार इटहरीमा काम गरेर गाडीमा घर फर्किने क्रममा गछियामा झरेर बहिनीको घर जाने बाटो सोधेकी उनलाई बाटोको छेउमा गाडी रोकेर बसिरहेका रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै होटलमा पुर्‍याएका थिए । उनलाई सुन्दर हरैचा नगरपालिका ४ बेलियास्थित श्रेष्ठ होटल एण्ड फेमली लजको एउटा कोठामा बन्धक बनाएर स्वयम् होटल संचालकसहित तीनजनाले बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार इटहरीमा काम गरेर गाडीमा घर फर्किने क्रममा गछियामा झरेर बहिनीको घर जाने बाटो सोधेकी उनलाई बाटोको छेउमा गाडी रोकेर बसिरहेका रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै होटलमा पुर्‍याएका थिए । उनलाई सुन्दर हरैचा नगरपालिका ४ बेलियास्थित श्रेष्ठ होटल एण्ड फेमली लजको एउटा कोठामा बन्धक बनाएर स्वयम् होटल संचालकसहित तीनजनाले बलात्कार गरेका थिए । प्रहरीले होटल संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ सुरज भनिने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा महिलाले बलात्कारको प्रतिकार गर्दा अर्जुनले उनको संवेदनशील अंगभित्र हात छिराएर अंगलाई नै क्षतविक्षत बनाइदिएपछि अत्याधिक रक्तश्राव भएर उनी गम्भीर अवस्थामा पुगेकी थिइन् ।

त्यस्तै विद्यार्थी रहेका निर्मला पन्त र भागीरथी भट्ट स्कुले उमेरमै फक्रन नपाइ बलात्कृत भए । उनीहरुमाथि अपराधिले बलात्कार मात्रै गरेनन् आफ्नो अपराध लुकाउनका लागि उनीहरुको इहलिलासमेत समाप्त गरिदिए ।

सुर्खेतबाट काम खोज्दै काठमाडौं आइपुगेकी महिला र शुक्रबार मोरङमा सामूहिक बलात्कारमा परेकी महिलाको घटना हेर्दा यी दुवै जना बाटोमै बलात्कृत भएका छन् । यसअघि निर्मला पन्त पनि साथीको घरमा गएर फर्किएकाे अवस्थामा बलात्कारीको फन्दामा परेकी थिइन ।

नेपाली उखानअनुसार ‘बुढी मरिनभन्दा पनि काल पल्केको’ घटनामा ध्यान जानुपर्दछ । अहिलेको यो समाजमा पनि अपराधिक मनोवृति घट्न नसक्नुको जिम्मेवार को हो ? किन अपराधीहरु हौसीरहेका छन ? पीडितमाथिको न्यायमा समाज किन संवेदनशील हुन सकेन ? आदि विषयमा समिक्षा गर्नै पर्दछ ।

हुन त घर परिवारमा, छिमेकमा, गाउँ सहरमा चेलीहरु बलात्कृत हुनुपरेको घटना अब यो देशका लागि नौलो भएन । स–साना कलिला नानीहरु, युवतीहरु तथा बृद्ध महिलाहरु समेत यौन पिपासुहरुको नजरबाट बच्न सकेका छैनन् ।

नेपाली उखानअनुसार ‘बुढी मरिनभन्दा पनि काल पल्केको’ घटनामा ध्यान जानुपर्दछ । अहिलेको यो समाजमा पनि अपराधिक मनोवृति घट्न नसक्नुको जिम्मेवार को हो ? किन अपराधीहरु हौसीरहेका छन ? पीडितमाथिको न्यायमा समाज किन संवेदनशील हुन सकेन ? आदि विषयमा समिक्षा गर्नै पर्दछ । अपराधीमाथि कडा कारबाही गरेको र त्यसको व्यापक प्रचार भएको खण्डमा आपराधिक मनोवृति कमजोर हुने स्थिति तथा शान्ति सुरक्षाको चुस्तता र सामाजिक चेतना पनि बढाइनु पर्दछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा