काठमाडौंमा फेरी बढ्यो ४ हजार ६७६ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा चार हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार ६३४ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ५८७ र भक्तपुर जिल्लामा ४५५ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्। 

गत २४ घण्टामा देशभर १० हजार ३१९ जना नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा