काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्।
सोमबार बिहान ८ बजेबाट पदाधिकारी र सदस्यका लागि मतदान हुने भनिएपनि हालसम्म मतदान सुरु हुन सकेको छैन।




विभिन्न पदका उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ।
