काठमाण्डु – नेकपा एमालेले २८ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले एमाले केन्द्रीय कमिटीमा २८ जनालाई मनोनित गरेको हो ।
अध्यक्ष केपी शर्मा अोलीले चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा नपरेकालाई मनोनित गरेका हुन् ।
केन्द्रीय कमिटीमा मनोनित हुनेहरुमा नेताहरु विशाल भट्टराई, ऐन महर, दुर्गा प्रसाईंसहित २८ जना रहेका छन् । जर्मन होम पार्टी प्यालेसमा जारी एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई मनोनित गर्ने प्रस्ताव गरेको हो ।
मनोनित हुनेहरुमा इन्दीरा देवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दीरा सञ्ज्याल, शान्ती अधिकारी, रुक्मीणी राणा, सविता यादव, तारादेवी गुरुङ गिता कार्की रहेका छन् ।
साथै हरी कृष्ण व्यञ्जनकार, भीम के.सी, लाल वावु पण्डीत, सुवास देवकोटा, चुडादेवी सिंह लामा, रेसम लामा दुर्गा पसाई, गोविन्द दुलाल, सहदेव वोगटी, वलसिङ काउछा, कृष्ण के.सी, चन्द्रबहादुर वि.क. विसम लाल अधिकारी दनुवार रहेका छन् ।
