हङकङ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) हङकङले ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउन लागेको छ ।
संघकी अध्यक्ष राधिका गुरूड(टिका)ले उक्त मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् ।
उनले एनआरएएन एनसीसी हङकङको पहलमा पहिलो चरणमा ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा रहेको र आउँदो हप्ता सामान नेपाल पुग्ने बताइन् । मेसिन किन्नका लागि ३९००० हजार अमेरिकी डलर डलर (३,०३०३० हङकङ डलर) जुन १ मै चीनमा टि.टि गरेर रकम पनि पठाईसकेको पनि उनले बताइन्।
उनले अभियानमा सहयोग गर्ने सबैमा ह्रदयदेखीनै धन्यवाद व्यक्त गरेकी छन् । अभियान जारी रहेको बताउँदै उनले सहयोग गर्न ईच्छुक महानुभावहरूले एनआरएनए कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएकी छन् ।


