एनपीएलमा चम्किएका रिजन ढकालले जिते लक्जरी कार, १७ विकेटसहित हात पारे गोल्डेन क्याप

spot_img

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक विकेट लिएका चितवन राइनोजका बलर रिजन ढकालले प्रतियोगिताकै सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार लक्जरी कार प्राप्त गरेका छन् । प्रतियोगिताभरि सनसनीपूर्ण बलिङ गरेका उनले सर्वाधिक १७ विकेट लिँदै प्रतिष्ठित ‘गोल्डेन क्याप’ पनि जितेका हुन् ।

चितवन राइनोजको बलिङ आक्रमणको नेतृत्व गरेका रिजनको टोली प्लेअफको एलिमिनेटरबाटै बाहिरिए पनि उनले व्यक्तिगत प्रदर्शनका आधारमा सबैलाई पछि पार्दै कार जित्न सफल भए । सर्वाधिक विकेट लिने सूचीमा च्याम्पियन सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिन १५ विकेटसहित दोस्रो र चितवनकै कमलसिंह ऐरी १३ विकेटसहित तेस्रो स्थानमा रहे । जनकपुर बोल्ट्सका राहुल यादव र काठमाडौंका जहानदाद खानले १२–१२ विकेट हात पारे ।

यसैबिच, जनकपुर बोल्ट्सका १६ वर्षीय राहुल यादव प्रतियोगिताको ‘इमर्जिङ प्लेयर’ घोषित भए । नेपाली खेलाडीमध्ये सर्वाधिक रन प्रहार गरेका लोकेश बमले पुरस्कार स्वरूप मोटरसाइकल हात पारे । उपाधि विजेता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा