आज कस्तो रहला देशभरको मौसम? यी प्रदेशका हिमाली भेगमा हिमपात र तराईमा हुस्सु लाग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही तराईका अधिकांश जिल्लाहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी भू-भागमा घाम लाग्नेछ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । बिहानीपख उपत्यका, खोँच र तराईका भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सवारी आवागमन तथा कृषि कार्यमा ध्यान दिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आगामी केही दिनसम्म कुनै ठूलो मौसमी चेतावनी नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्