हामीबाट सिक्नुस्, जितको दम्भ क्षणिक हो – प्रचण्ड

नेपाल कम्य्निष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितको उन्मादमा नरमाउन र निरंकुश नबन्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकमा संवोधन गर्ने क्रममा अध्यक्ष दाहालले अहिले रास्वपाले जस्तै गरी आफुहरुले पनि २०६४ सालमा मत ल्याएको तर त्यसको व्यवस्थापन गर्न नसक्दा भोगिएको परिणाम प्रति ध्यानाकर्षण गराएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहमा दम्भ र घमण्ड बढेको भन्दै त्यसले देशलाई हित नगर्ने बताए । ‘ सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ। त्यो हामीबाट सिक्नोस्, इतिहासबाट सिक्नोस्। ’ उनले भने ‘राजनीतिक यात्राको अत्यन्त उतारचढावपूर्ण मेरो अनुभवले भन्छ, हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। उनले विगतमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आन्दोलनपछि बनेको सरकारले संविधानप्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने काम गर्नु बिडम्बनापूर्ण भएको पनि उल्लृख गरे । लिखित रुपमा नै आफ्नो संवोधन गरेका दाहालले विधि र पद्दतिलाई समेत नमान्ने कुरामा सहमत हुन नसक्ने भन्दै संवैधानिक दायरा नर्बिसन सरकारको ध्यानाकर्षण गराए । उनले सीमा क्षेत्रमा आफ्नो दैनिक जोहो गर्न भारतीय भूमिबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत त्यो कार्य सरकारका लागि राजस्व छली हुन पुग्नु गरिब विपन्न जनताका लागि दुखद भएको स्मरण गरे ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा