October 17, 2026, Saturday
KN hd tv

अमेरिकी राष्ट्रपति ट्रम्प एशिया भ्रमण अन्तर्गत आज जापान जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सकेर आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गर्नुभएकाे छ । अहिले उहाँ जापानतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँले भोलि जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । मलेसियामा ट्रम्पले थाइल्यान्ड र क्याम्बोडियाबीच भएको शान्ति घोषणापत्रमा सहभागी भएर हस्ताक्षर गर्नुभयो ।

साथै, अमेरिकी व्यापार वार्ताकारहरूले चीनसँग व्यापार सम्झौताका लागि प्रारम्भिक रूपरेखा तयार गर्नुभएको छ । जसले ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच हुने उच्चस्तरीय भेटअघि तनाव कम गरेको छ ।

व्यापार वार्ताको अतिरिक्त, ट्रम्पले सीलाई रूसमाथि अमेरिकाको दबाब अभियानमा सहभागी हुन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको