October 27, 2024, Sunday
KN hd tv

केसीसँग गरिएको सहमति फेरि उल्लंघन नगरियोस्: कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले अनशनरत डा केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरेको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिलाई स्वागत गर्दै ‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर दोहोरिनेप्रति खबरदारी आवश्यक रहेको बताएका छन्। विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न प्रवक्ता शर्माले अपील गरेका छन्।

०७५ साउन १० गते डा. के.सीसँग गरिएका सहमति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोही बर्षको माघमा उल्लंघन गरेको उनले टिप्पणी गरे। कांग्रेसको नेतृत्वको सरकारले ल्याएको अध्यादेश विस्थापित गर्नु र अघिल्ला सहमति उल्लंघन सरकारले गरेकै कारण केसी पुनः अनशनमा बस्नु परेको शर्माले बताए।

शीर्ष समाचार

धेरै पढिएको