October 27, 2024, Sunday
KN hd tv

कमेरो खन्न गएका युवक दुधकोशीले बगाएर बेपत्ता

सोलुखुम्बु – कमेरो माटो खन्न गएका युवक दुधकोशी खोलाले बगाएर बेपत्ता भएका छन्। थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर छ्याप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान ९ बजे खोलाले बगाएको हो। माटो खनिसकेर भारी समेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई गर्मी भएकाले पानी पिउने भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए।

पानी पिएपछि पौडन नदीमा पसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको