काठमाण्डौ – वीर अस्पतालले नाक, कान, घाँटी, दाँत, युरोलोजी तथा सामान्य शल्यक्रिया सेवाहरू दुई शिफ्टमा सञ्चालन गर्न थालेको छ। अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार, धेरै बिरामीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले केही सेवाहरूमा दुवै शिफ्टमा शल्यक्रिया सेवा सुरु गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पतालहरूलाई दुई शिफ्टमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको पच्छात, उक्त अस्पतालले सोही अनुरूप कार्ययोजना तयार पारेर सेवा आरम्भ गरेको जानकारी दिए। यसअघि नै वीर अस्पतालले दुई शिफ्टमा ओपीडी र सार्वजनिक विदामा सेवा प्रदान गर्न थालेकोले, हाल सुरु भएको शल्यक्रिया सेवाले थप सुधार र सुविधा पुर्याउने अपेक्षा गरिएको छ।
