काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक संरचनामा क्षति पुर्याएको र फोहोरमैला गरेको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरले पठाएको पत्रमा राप्रपा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक स्थलहरूमा सडक, सडकपेटी, आईल्याण्ड तथा रेलिङमा क्षति पुर्याएको र जथाभावी फोहोर फालिएको उल्लेख छ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०५१ बमोजिम जरिवाना तोकेको हो।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राप्रपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा र गौशालामा प्रदर्शन गरेको थियो।
