प्रधानमन्त्री कप क्रिकेटका लागि मधेस प्रदेशको टोली घोषणा

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टोली घोषणा गरिएको छ। मधेस प्रदेश खेलाडी छनोट समितिले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो।

टोलीमा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन्। प्रशिक्षकमा सुनिल साह, सहप्रशिक्षकमा शुभ टण्डुकार तथा म्यानेजरमा दीपेन्द्र यादव नियुक्त भएका छन्।

मधेसका आठ जिल्लाका उत्कृष्ट खेलाडी छनोट गर्दै टोली निर्माण गरिएको हो। टोली आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ। प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुनेछ, जसमा १० टिम सहभागी हुनेछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा