कांग्रेस सचेतक श्याम घिमिरेको प्रतिपक्षी दललाई कटाक्ष, कुलमान घिसिङलाई अध्यक्ष बनाउने सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रतिपक्षी दलको अध्यक्ष बनाउनु पर्ने भन्दै कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले कर्मचारी नाममा दलीयकरण नगर्न आग्रह गर्दै प्रतिपक्षी दललाई आलोचना गरे। “एउटा कर्मचारीलाई दलीयकरण गरेर संसदको प्रतिपक्ष उठेको देख्दा लाज लाग्यो,” उनले भने। घिमिरेले नेपालका कर्मचारीतन्त्रको देवत्वकरण नगर्न पनि आग्रह गरे। “यदि देवत्वकरण गरेर टाउकोमा बोकेर हिँड्ने हो भने प्रतिपक्षी दलको अध्यक्ष उहाँलाई नै बनाइदिऔँ,” उनले थपे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा