October 17, 2026, Saturday
KN hd tv

इलामको रोङमा बेसार खेतीमा वृद्धि, सहकारीबाट कृषकलाई समर्थन

इलाम – इलामको रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा ४५६ घरपरिवार आबद्ध छन्। तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्दैछन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन्।

गाउँपालिकाले गत वर्ष सहकारीमार्फत बेसारखेतीको प्रवर्द्धन गर्न तालिम र अनुदान उपलब्ध गराएपछि स्थानीय किसानहरू चिया र बेसार खेतीमा आकर्षित भएका हुन्।

रोङ–४ का किटेनीकी उर्मिला गुरुङले सहकारीबाट बेसारको बीउ अनुदान पाएका थिए। उनले आफ्नो बारीमा व्यावसायिक रूपमा बेसार खेती सुरु गरेपछि मनग्य आम्दानी प्राप्त गर्न थालेकी छिन्।

गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि ४० केजी बेसार रोपेपछि उत्साहित भएर खेती विस्तार गर्ने योजना बनाएका छन्। सहकारीले किसानलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ, जहाँ काँचो बेसार ३० रुपैयाँ प्रतिकिलोको दरमा किन्ने गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको