October 21, 2026, Wednesday
KN hd tv

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ।

रेलवे डीसीपी केपीएस मल्होत्राका अनुसार घटनाको कारणबारे छानबिन भइरहेको छ। उनले भने, “भागदौड किन भयो भन्नेबारे रेलवेले अनुसन्धान गर्नेछ।”

प्रारम्भिक जानकारीअनुसार, दुईवटा रेल ढिलो हुँदा स्टेशनमा अत्यधिक भीड जम्मा भएको थियो। “हामीले भीडको अनुमान गरेका थियौँ, तर रेल ढिलो भएकाले यस्तो अवस्था सिर्जना भयो,” मल्होत्राले थपे।

करिब बिहान ९ बजे रेल चल्न थालेपछि भीड अझै बढेको र कुनै गलत सूचना फैलिएर भागदौड निम्तिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको विस्तृत अनुसन्धान रेलवे प्रशासनले गर्नेछ।

शीर्ष समाचार

धेरै पढिएको