October 22, 2026, Thursday
KN hd tv

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरी मिसन रोकियो

काठमाडौं । ६ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको मिसन स्थगित भएको छ।

युनको सुरक्षामा रहेका सैनिक टोलीले मानव पर्खाल बनाएर प्रहरीको बाटो अवरुद्ध गरेको बीबीसीले जनाएको छ। सुरक्षाका लागि सेनाले बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो।

युनमाथि शक्तिको दुरुपयोग गरेको र मार्सल कानुन लागू गर्न खोजेको आरोपमा संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव संसदमा पुगेपछि उनी निलम्बित भएका थिए। दक्षिण कोरियामा संसदबाट पारित महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने प्रावधान छ।

युनलाई अदालतले तीन पटक सम्म उपस्थित हुन आदेश दिए पनि उनी उपस्थित नभएकाले पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा शुक्रबार बिहान ८ बजे युनलाई पक्राउ गर्न प्रहरीका २० टोली उनको घर पुगेका थिए।

तर, युनको सुरक्षा दस्ताले बाटो अवरुद्ध गरेपछि र सेनाले प्रतिकार गर्न थालेपछि प्रहरीले मिसन रोक्न बाध्य भएको बताएको छ। अहिलेको अवस्थामा युनलाई पक्राउ गर्ने प्रयास स्थगित भएपछि अब के हुने हो भन्ने स्पष्ट भएको छैन।

शीर्ष समाचार

धेरै पढिएको