October 18, 2024, Friday
KN hd tv

भारतीय उद्धार टोलीले कसरी खोज्दैछ त्रिशूली नदीमा बेपत्ता बस र यात्रु ?

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली खोजीमा जुटेको छ ।

हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली पनि सहभागी भएका गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जानकारी दिए ।

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरले खोजी गर्दै

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ । भारतीय टोली एक हप्ता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुईटै वस र यात्रु हराइरहेका छन् ।

बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस र ३७ जना यात्रुको अवस्था थाहा भएको छैन । घटना भएकै दिनदेखि सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले प्रविधिसहित निरन्तर खोजी गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको