October 18, 2024, Friday
KN hd tv

भारतमा भेटियो सिमलताल दुर्घटनामा बेपत्ता दुई यात्रुको शव

काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्तामध्ये थप दुई जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बिहीवार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेका हुन् । फेला परेका दुबै शव पुरुषको रहेको उनले बताए ।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले ती शव फेला पारेको भन्दै शवको सनाखत हुन भने बाँकी रहेको जानकारी दिए । उनले पानीमा शव गलिसकेका कारण महिला र पुरुष भनेर छुट्याउन र सनाखत गर्न समस्या भइरहेको पनि बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनले सीमाना क्षेत्र नजिकै दुर्घटनामा बेपत्ता भएकाहरूको शव फेला पर्न थाले पनि समन्वयनका लागि भारतीय सीमावर्ती सुरक्षा निकायसँग आग्रह गरेको थियो । गएको  शुक्रबार चितवनको सिमलतालमा काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बस लेदोसहितको परेर बेपत्ता भएको थियो । बसमा ६५ जना यात्रु सवार रहेकोमा तीन जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना बेपत्ता छन् । 

शीर्ष समाचार

धेरै पढिएको