October 21, 2026, Wednesday
KN hd tv

अष्ट्रेलियाली नागरिकलाई ९१ बालिकामाथि बलात्कार र यौन अपराधका १,६२३ आरोप

अष्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले मंगलबार यी अपराध सिड्नी, ब्रिस्बेन र विदेशका १२ वटा बाल हेरचाह गृहमा सन् २००७ देखि सन् २०२२ को बीचमा भएको जनाएको छ । आफ्नो जागिरका लागि पुष्ठभूमि जाँचपास गरेका ती व्यक्तिले पीडितहरूलाई दुर्व्यवहार गरेको रेकर्ड गरेको आरोप लगाइएको छ । ती सबै किशोरावस्थामा नपुगेका बालिकाहरू थिए ।

प्रहरीले बाल शोषण सामग्रीमा रेकर्ड भएका सबै ८७ अष्ट्रेलियाली बालबालिकाको पहिचान भइसकेको र विदेशमा दुर्व्यवहार भएका चार बालबालिकाको पहिचान गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गरिरहेको बताएको छ ।

सन् २०१४ मा डार्क वेबमा बाल शोषणका तस्बिरहरू र भिडियोहरू फेला पारेदेखि नै अधिकारीहरूले उक्त व्यक्तिको खोजी गरिरहेका थिए । क्वीन्सल्याण्डको गोल्ड कोस्टका अभियुक्त व्यक्तिलाई सन् २०२२ को अगस्टमा बाल शोषणको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । नाम नखुलाइएका ती व्यक्तिलाई आउँदो अगस्ट २१ मा ब्रिस्बेन मजिस्ट्रेट अदालतमा उपस्थित गराइने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको