बर्दिया–२ मा लालवीर चौधरी विजयी

बर्दिया – डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन् । एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत पाएका छन् ।

बर्दिया–२ मा नागरिक उन्मुक्तिबाट रेशमको उम्मेदवारी परेको थियो । तर, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भएपछि निर्वाचन आयोगले खारेज गरिदिएको थियो । रेशमको उम्मेदवारी खारेज हुनसक्ने ठानेरै नागरिक उन्मुक्तिले बर्दिया २ मा उनका बुवा लालवीरलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा