मेयर बालेनको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्। 

काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

अर्यालसहित ५ जनालाई महानगरले कानुनी सल्लाहकारमा राखेको छ। अर्याल भने मेयर बालेनको ‘विशेष कानुनी परामर्शदाताका’ रुपमा रहने मेयरको सचिवालयले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा