चितवन – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको आरोप लगाएका छन् ।
आज (बुधबार) चितवनको माडी नगरपालिकामा पर्ने हुलाकी सडकअन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताए ।
उनले भने, ‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर एकता गरेका हो त्यो सपना चकनाचुर भयो ।’
