झलनाथ भन्छन् – एमसीसीको विषयमा असहमति हुँदाहुँदै जबरजस्ती गरेर हुँदैन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ तथा सांसद झलनाथ खनालले एमसीसी जस्तो विवादित विषयमा जबरजस्ती गर्न नहुने बताएका छन् ।

बुधबारको संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले विवादित विषयमा टुङ्गोमा पुग्न लामो समय लाग्न सक्ने बताएका छन् । उनले सहमति नहुँदा-नहुँदै एमसीसी सम्झौता जबरजस्ती टेबुल गर्न नहुने बताएका हुन् । ‘लोकतन्त्रमा अनेकन विषयमा बहस हुन्छ । विवाद हुन्छ र कतिपय कुराहरू मिल्दैन । नमिलेका कुराहरूमा जबरजस्त ठेल्न पनि हुँदैन । कतिपय विषयहरू १०औं वर्ष लाग्न सक्छ । संशोधन हुन पनि सक्छ’, उनले भने ।

‘असहमतिको विषयममा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?’ उनको प्रश्न थियो । उनले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए । ‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ उनले भने ।

सत्तारुढ गठबन्धनमै रहेर सरकार संसदमा पेश गर्न लागेको प्रस्तावको विरोध गर्न हुन्छ भन्ने प्रश्नमा खनाल आक्रोशित देखिए । उनले भने ‘मज्जाले हुन्छ, कसले भन्यो हुँदैन भनेर मलाई सोध्नुस् । गठबन्धन पनि हुन्छ, सडकमा पनि हुन्छ, सदनमा पनि हुन्छ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा