आज दिउसो १ बजे प्रतिनिधीसभाको बैठक बस्दै

काठमाडौं –  प्रतिनिधिसभाको बैठक आज दिउँसा १ बजे बस्ने भएको छ ।

यसअघिका बैठकमा कार्यसूची अघिल्लो दिन नै तय गरिए पनि आजको बैठकको कार्यसूची भने तय गरिएको छैन ।

कार्यसूची तयका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बहुचर्चित अमेरिकी परियोजन एमसीसी टेवुल गर्ने रहेको छ ।

सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आजको बैठकमा एमसीसी टेबुल गर्नुपर्ने प्रस्ताव गरिसकेको छ भने सत्तारुढभित्रकै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले यथास्थितिमा एमसीसी पास नहुने अडान लिँदै आएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा