कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । द्धन्द व्यवस्थापनका विज्ञ शर्मा यसअघि माओवादी लडाकुहरु समायोजन गर्ने प्राविधिक समितिको प्रमुख थिए । उनको नेतृत्वमा माओवादी लडाकुहरुको व्यवस्थापन भएको थियो । यो नियुक्त संगै शर्माले अब कोराना नियन्त्रणका लागि सरकारले बनाउने योजनाहरुको कार्यन्वयन गर्ने जिम्मेवारी पाएका छन् ।
शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ । यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए भने त्यसलाई संसोधन गरेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति बनाइएको थियो । यसअघि उपप्रधानमन्त्री पोखरेलले गर्ने काम अब शर्माले सम्हाल्नेछन् । शर्मा द्धन्द तथा विपद् व्यवस्थापनका विज्ञ मानिन्छन् ।
निर्देशक समितिमा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।
बालानन्द शर्मा सीसीएमसीको प्रमुखमा नियुक्त


