एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित
- Khabar Nirantar
- २०८२ चैत्र १८
काठमाडौं : नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। उनी एमालेका उपाध्यक्षसमेत हुन्।
दलको नेता चयनका लागि बुधबार (चैत १८) ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । सुरुमा सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेपछि निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको थियो।
तर, मनोनयन दर्ताको चरणमा नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि प्रक्रिया अघि बढेन । त्यसपछि बादल निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन भएका हुन्।
निर्वाचनपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई दिएका छन्।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्